Rule 26
प्रतिवेदन कार्यान्वयन
:.(१) ऐनको दफा ३३ बमोजिम निरीक्षण, जाँचबुझ बा खानतलासी गरिसकेपछि निरीक्षण अधिकृतले सात दिनभित्र देहायका कुराहरू खुलाई विभाग समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ:-
(क) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्नु पर्नाको कारण,
(ख) निरीक्षण, जाँचबुझ वा खानतलासी गरिएको वस्तु वा सेवासँग सम्बन्धित विवरण,
(ग) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा फेला परेका वस्तु र त्यस्तो वस्तु रोक्का वा कब्जा गर्नु परेकोमा त्यसरी रोक्का वा कब्जा गर्नु परेको कारण र: सोसँग सम्बन्धित विवरण,
(घ) वस्तुको नमुना लिइएकोमा त्यस्तो नमुना परीक्षणको लागि पठाइएको मिति,
(ङ) तत्काल जरिबाना गरिएकोमा त्यसरी जरिबाना गर्नुपर्नाको कारण र जरिबानाको रकम,
(च) निरीक्षण, जाँचबुझ वा खानतलासी पछि सो सम्बन्धमा गर्नुपर्ने बाँकी काम, कारबाहीको विवरण,
(छ) निरीक्षण, जाँचबुझ बा खानतलासीको क्रममा सम्पन्न गर्नुपर्ने तर सम्पन्न गर्न नसकिएका कुनै कुरा भए सोको बिवरण ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रतिवेदनबाट सो सम्बन्धमा थप अनुसन्धान गर्नु पर्ने वा कुनै विवरण वा थप जानकारी: लिनु पर्ने देखिएमा महानिर्देशकले सम्बन्धित निरीक्षण अधिकृतलाई निश्चित अवधि तोकी थप अनुसन्धान गर्नुपर्ने विषय, जानकारी वा विवरण माग्नु पर्ने विषय समेत खुलाई पुन: अनुसन्धान गर्न वा त्यस्तो विवरण पेश गर्न लगाउन सक्नेछ।
(३) उपनियम (१) बमोजिमको प्रतिवेदनमा कुनै विषयमा अर्को निकायबाट आवश्यक व्यवस्था वा कारबाही हुनुपर्ने भनी सिफारिस भएकोमा त्यस्तो सिफारिसको कार्यान्वयनको लागि सो प्रतिवेदनको एक प्रति सम्बन्धित निकायमा पठाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम अन्य निकायमा कार्यान्वयनको लागि प्रतिवेदन पठाएकोमा त्यसको कार्यान्वयनको अवस्थाको बारेमा महानिर्देशकले समय समयमा सम्बन्धित निकायबाट आवश्यक जानकारी लिई प्राप्त बिवरण विभागको वार्षिक प्रतिवेदन वा वेबसाइट मार्फत सार्वजनिक गर्नु पर्नेछ ।
(५) यस नियम बमोजिम प्राप्त प्रतिवेदनको कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी महानिर्देशकको हुनेछ ।